रिहा भए काभ्रे जिसस प्रमुख गौतम
निरन्तर न्यूज
१३ चैत्र २०८१, बिहीबार १३:०७

काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम रिहा भएका छन् ।
बैकिङ कसुरको मुद्दा खेपेका उनी जाहेरीवालालाई रकम तिरेर कागजी प्रक्रिया पुरा गर्न बुधवार बानेश्वर वृतमा पुगेका थिए ।
जाहेरी पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका गौतमलाई आज थुनामुक्त गर्न आदेश दिएको हो । गौतम अहिले थुनामुक्त भएर काभ्रे पुगिसकेका छन् ।