हेटौंडामा खुकुरी हानी भाउजुको हत्या, दाइ घाइते

हेटौंडा । हेटौंडामा खुकुरी प्रहार गरेर आफ्नै देवरले भाउजुको हत्या गरेका छन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१ चौकीटोल बस्ने ३५ को गुडिया दासलाइ आफ्नै देवरले खुकुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले बताए ।
आफ्नै घरको माथिल्लो तलाको कोठामा टाउकोमा चोट लागी मृत अवस्थामा रहेको भन्ने खवर प्रहरीलाइ आएपछी अनुसन्धान टोली खटि गई बुझ्दा मृतक जेठि भाउजुलाई आफ्नै देवरले हत्या गरेको प्रहरीले जनाएको छ । देवर रमेश दासले घरायसी विषयमा विवाद हुदा खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
यस्तै २८ को रुपेश दासलाई निजको भाई रमेशलेनै खुकुरी प्रहार गरी टाउको, दाहिने हात, करङको भागमा चोट लागी गम्भिर घाईते बनाएका छन् । रमेशलाई प्रहरीले रमेशलाई खुकुरी सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको छ । घाइते दासको भने हेटौंडाको शहकारी अस्पतालमा उपचार हुँदै छ ।
तीन दाजुभाइमध्ये जेठो रोशन दास रोजगारीको सिलसिलामा ५ महिनाअघि कतार गएका थिए । ३ सन्तानकी आमा गुडियालाई राहुलले खुकुरी प्रहार गरी घरमै हत्या गरेको प्रहरीले जनाएको छ । बुधबार राति ९ बजे उनको हत्या भएको प्रहरीले थाहा पाएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
हेटौंडामा तरकारी तथा फलफूलको थोक बजारमा बुबासँगै फलफूलको व्यवसाय गर्दै आएका रुपेश दासमाथि भाइले नै सांघातिक आक्रमण गर्नुका साथै जेठी भाउजुको समेत हत्या गर्नुको कारण स्पष्ट नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार राहुलले भाउजुको हत्या गरेको, दाइमाथि पनि सांघातिक आक्रमण गरेको स्वीकारेका छन् ।