काभ्रेका जिसस प्रमुख दीपक गौतम पक्राउ
निरन्तर न्यूज
१२ चैत्र २०८१, बुधबार १३:४६

काठमाडौं । काभ्रेपलाञ्चोकका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् ।
बैङ्किङ कसुरको मुद्दामा बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
गौतम नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।