त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको ट्रक त्रिशुली नदीमा खसेको छ ।
मङ्गलबार बिहान कोइला बोकेको ट्रक चौधकिलोबाट त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् ।
बिहान करिब साढे ६ बजेतिर बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३०/३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको हो ।
यस्तै सहचालक रौतहटकै १९ वर्षीय असुन्द्रकुमार यादव घाइते भएको प्रहरीले जनाएको छ । उनकाे भरतपुरमा उपचार भइरहेकाे छ ।
दुर्घटनालगत्तै प्रहरी चौकी जुगेडीबाट खटेको प्रहरी नायव निरीक्षक ठाकुरप्रसाद पनेरूको कमान्डको टोली घटनास्थल पुगेको थियो ।