दुईवटा ट्रक ठाेक्कीदा तीन जना घाईते

निरन्तर न्यूज
२४ जेष्ठ २०७६, शुक्रबार ०८:४६

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडानम्बर ९ खरगामा दुईवटा ट्रक एक आपसमा ठाेक्कीदा तीन जना घाईते भएका छन् । हेटौंडाबाट नारायणगढ तर्फ जादैगरेको ना २ ख ६७३२ नम्बरको ट्रक र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एच आर ३८ भि ९४६१ नम्बरको ट्रक एक आपसमा ठाेक्कीदा तीन जना घाईते भएका हुन् ।

दुबै ट्रकका चालक र सहचालक घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । भारतीय ट्रकको चालक भारत युपी बस्ने दुसेन कुमार र सहचालक सुवास चन्द्र घाईते भएका छन् । त्यसैगरी ना २ ख ६७३२ नम्बरको ट्रकका चालक हेटौंडा २ बस्ने ४५ वर्षिय झकेन्द्र कार्की घाईते भएका हुन् ।

घाइते तीनै जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु