हेटौंडा उपमहानगरमा कला झल्काउदै स्थानीय सरकार

निरन्तर न्यूज
४ चैत्र २०८१, मंगलवार १०:१८

हेटौडा । हेटौँडा उपमहानगरपालिकाले नगरलाई सुन्दर बनाउने अभियान सुरु गरेको छ । अभियान अनुसार उपमहानगरपालिकाले खालि रहेको पर्खालमा कला झल्काउने अभियानलाई तीव्रता दिईरहेको छ । स्थानीय सरकार हेटौडा उपमहानगर क्षेत्र भित्रका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको पहिचान चित्रकला मार्फत देखाउन थालिएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने हेटोैंडा १० नम्बर वडा सडक छेउमा रहेको नेपाल ट्रस्टको पर्खालमा उपमहानगरक्षेत्र भित्रका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यहरूलाई चित्र मार्फत देखाउन खोजिएको छ । सहिद स्मारकमा रहेका आकर्षक स्तम्भहरू,मकवानपुर चिनाउने ठेकी,कुष्माण्ड सरोबर त्रिबेणीधाममा बनाईएका महत्त्वपूर्ण धार्मिक तस्बिरहरू लगायत हेटौँडा क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई आर्टमार्फत सिँगारेर यी आकर्षक आर्टले हेटौँडाको सौन्दर्यतालाइ थप टेवा र्पुयाएको नगरप्रमुख मिना कुमारी लामाले बताउनु भयो ।

नगरलाई कला मार्फत झल्काउने अभियानमा आफूहरू लागेको बत्ताउनुहुँदै नगरप्रमुख लामाले पहिलो चरणमा १७ सय स्क्वार क्षेत्रमा १५ वटा चित्र पेन्ट गर्न लागिएको बताउनु भयो । नगरको खरिद समिति मार्फत नगरका विभिन्न वडामा रहेका गन्तव्यलाई चित्र मार्फत पर्खालमा उतार्ने काम उपमहानगरले गरेको हो । चित्र निर्माणको काममा उपमहानगरले ४ लाख ६८ हजार ३ सय ५३ रुपियाँमा ठेक्का लगाएर काम थालेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु