प्रचण्डको फोटो जलाउने बम छुटे

निरन्तर न्यूज
२ चैत्र २०८१, आईतवार २२:२५

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् ।

चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो ।

बमलाई छुटाउन माओबादी केन्द्र मकवानपुरका नेताहरू जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेका थिए ।

आइतबार साँझ प्रहरीले रिहा गरेका बमलाई रिहाइलगत्तै हेटौँडा-२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु