प्रेस सेन्टर र पत्रकार महासघ बागमती प्रदेश अध्यक्षद्वयलाई भरतपुर मेयरको बधाई

निरन्तर न्यूज
२ चैत्र २०८१, आईतवार २१:४५

भरतपुर । नेपाल पत्रकार महासघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारी लाई भरतपुर महानगरपालिका मेयर रेणु दाहालले बधाई र शुभकामना दिनुभएको छ ।

नवनिर्वाचित प्रदेश अध्यक्ष द्वय मगर र अधिकारीलाई आज महानगरपालिकामा आयोजित एक कार्यक्रममा उहाले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिका सधै मिडिया मैत्री भएको बताउदै मेयर दाहालले पत्रकारहरुको हकहितका लागि महानगरपालिका सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । समग्र भरतपुरको विकासमा मिडियाको महत्वपूर्ण भुमिका रहेको स्मरण गर्दै मेयर दाहालले पत्रकार महासघ, प्रेस सेन्टर नेपाल लगायतका सञ्चार संस्थाहरु सङ्ग हातेमालो गर्दै महानगरपालिका अघि बढ्न तयार रहेको पनि बताउनुभयो ।

स्वागत सम्मान कार्यक्रममा नेपाल पत्रकार महासघ बागमती प्रदेश अध्यक्ष मगरले पत्रकार महासघ भरतपुर महानगरपालिका सङ्ग सहकार्य गर्न तयार रहेको बताउदै कार्य योजना पनि प्रस्ताव गर्नुभयो । उहाले केहि समयभित्रै भरतपुरमा प्रदेश स्तरीय कार्यक्रम आयोजना गर्ने तयारी रहेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष अधिकारीले भरतपुर महानगरपालिका देशभर मै उत्कृष्ट महानगर बन्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभयो । अधिकारीले भरतपुर महानगर विकासको चर्चा गर्दै मेयर दाहालको सफलताको प्रशंसा पनि गर्नुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी, केन्द्रीय सचिव सुनिल खड्का, केन्द्रीय सदस्य द्वय प्रकाश ज्ञवाली र ध्रुवराज ढकाल, प्रेस सेन्टर नेपालका नेता रामचन्द्र पौडेल लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु