बिधेयक सच्याएर मिडिया मैत्रि बिधेयक ल्याउन जाेड

हेटौंडा । संघीय सरकारले ल्याउन लागेको मिडियाकाउन्सिल सम्वन्धि बिधेयक राम्रा कुरा छाेडेर नराम्रा कुरा सच्याएर मात्र ल्याउनका मकवानपुरका राजनिति दलहरूले सरकारसँग अनुराेध गरेका छन् । सहभागिहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर शखाको आयोजनामा मिडिया काउन्सिल बिधयकको प्रेस स्वतन्त्रता बिरोधी प्राबधान हटाउनुपर्ने मात्र गर्दै राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्थाका प्रतिनिधिहरु संगको छलफलमा सहभागिहरुले यस्तो धारणा राखेका हुन् ।
सरकारले पत्रकारितामाथी अंकुस मात्र नभइ निरंकुसता लाद्न खोजेको प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले आरोप लगाए । त्यसैले मिडिया काउन्सिल बिधयक तुरून्त खारेज हुनुपर्ने बाँनियाले माग गरे । पत्रकारिता भित्रको छाडातन्त्र नियन्त्रण गर्नुपर्ने र स्वतन्त्र पत्रकारितामाथी अंकुश लगाउन नपाउने समेत बाँनियाले बताए ।
कार्यक्रममा नेकपाका प्रदेश ३ का सांसद तथा पार्टीका मकवानपुर अध्यक्ष मुनु सिग्देलले अब सरकारले यो बिधेयक सच्याएर मिडिया मैत्रि बिधेयक ल्याउनेमा आफु बिस्वस्थ रहेको बताइन् । संसदमा पेस भएको बिधयक जस्ताकोतस्तै पास नहुने बिस्वास उहाँले ब्यक्त गर्दै अध्यक्ष सिग्देलले संसोधन गर्दा मिडिया मैत्री भएर संसोधन गरिनुपर्ने बताइन् ।
पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष पोष्टराज अधिकारी (कुमार)ले स्वागत गर्नुभएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुसरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा प्रदेश नम्बर ३ पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्ट, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, नागरिक सरोकार केन्द्र मकवानपुरका संयोजक धुर्ब प्रसाद चौलागाई लगायतले धारणा राखेका थिए ।