आज समाजवादी मोर्चाको बैठक बस्दै, राजावादीको प्रतिवादको तयारी गर्ने

काठमाडौं । विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक आज बस्दैछ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
चैत १५ गते काठमाडौँमा गर्न लागेको विरोध सभाको तयारीबारे बैठकमा छलफल हुनेछ ।
मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तक्र्रिया गर्नेछ । फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि ठुलो संख्यामा मानिसहरू जम्मा भएपछि मोर्चाले त्यसलाई व्यवस्थामाथिको चुनौतीको रूपमा विश्लेषण गरेको छ ।
फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाडौँमा विरोधसभा गर्ने निर्णय गरेको थियो ।
मोर्चाले चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको जनाएको छ ।