हेटौंडामा बेवारिसे भेटिएको प्रेसर कुकर नेपाली सेनाद्वारा रातीनै डिस्पोज

निरन्तर न्यूज
३० फाल्गुन २०८१, शुक्रबार ०८:३५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर डिस्पोज गरिएको छ ।

स्थानीय सिर्जना पौडेलको घर अगाडि सडक छेउको बिजुलीको पोलसँगै प्रेसर कुकुर फेला परेपछि खतराजन्य वस्तु  गए राति नैपाली सेनाको बम डिस्पोजल टोलिले डिस्पोज गरेको हो ।

संकास्पद बस्तु भेटिएपछि जनपथ प्रहरी र सशस्त्र प्रहरीले घटनास्थललाई सुरक्षित राखेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रेसर कुकर बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टिमलाई खबर गरिएपछि सेनाको टोलिले उक्त बस्तु डिस्पोज गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु