हेटाैँडामा विश्व वातावरण दिवस २०७६ मनाइयाे

निरन्तर न्यूज
२२ जेष्ठ २०७६, बुधबार १८:५४

हेटौंडा ।  टोल विकास संस्था नगर समन्वय समिति हेटाैंडाको आयोजनामा ‘स्वच्छ वायु, स्वस्थ जिवन’ भन्ने मुल नाराका साथ ४७ औ विश्व वातावरण दिवस २०७६ सम्पन्न भएको छ ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका उपमेयर मिना कुमारी लामा, नेपाली काङ्ग्रेसका प्रवक्ता प्रदिप कोईराला, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं वन, वातावरण तथा विपत व्यवस्थापन समितिका सम्योजक राजन थापा, हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वातावरण संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु हुने ईश्वर ढुङ्गानालाई वातावरण संरक्षण सम्मान २०७६ प्रदान गरिएको छ । त्यसै गरि नगरको खानेपानीको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा खानेपानि व्यवस्थापन बोर्ड हेटौंडालाई वातावरण संरक्षण सम्मान २०७६ प्रदान गरिएको छ । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिले टोल विकास अभियान समेटेर बनाएको गितको कार्यक्रमका प्रमुख अतिथिले सुरूवात गर्नु भएको थियो । करिब १५० वटा टोल विकास संस्था, विध्यालयहरू, विभिन्न जातिय एवं धार्मिक संघ संस्थाहरूको हेटौंडा ४ हुप्रा चौरबाट सुरूवात गरिएको र्यालि कार्यक्रम विभिन्न बाजागाजा र झाकि सहित भुटनदेवि मा. वि. को चौरमा आएर सभामा परिणत भएको थियो ।र्यालिमा करिब ७ हजार भन्दा बढिको जनाउपस्थिति रहेको थियो ।

र्यालिमा टोल विकास संस्था तर्फ प्रथम हेटौंडा ११ को सिमलटार टोल विकास संस्था, दोश्रो हेटौंडा ९ को प्रगति टोल विकास संस्था, तेश्रो हेटौंडा ५ को अब्बलडाडा टोल विकास संस्था र सान्त्वना हेटौंडा ४ को चिसापानी टोल विकास संस्था, समाज कल्याण टोल विकास संस्था, हेटौंडा १ को विन्दवासिनि टोल विकास संस्था, हेटौंडा ६ स्थित राईटोल टोल विकास संस्था पुरस्कृत हुनु भएका थिए । पुरस्कृत हरूलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजारका दरले सम्मान गरिएको छ । त्यसै गरि संघसंस्था तर्फ हेटौंडा ७ को वातावरण सुधार समिति प्रथम, हेटौंडा ८ को किरणचोक बाल क्लब दोश्रो र नारायणी नर्सिङ कलेज तेस्रो भएको थियो । पुरस्कृतहरूलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार प्रदान गरिएको छ । विध्यालय तर्फ अमर मा वि हेटौंडा १ प्रथम, ज्ञानदा मा।वि। हेटौंडा ४ दोश्रो र सनराईज बोडिङ स्कुल हेटौंडा १२ तेश्रो भएको छ । उनिहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको थियो ।

कार्यक्रममा गित निकाल्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने सङितकार एवं संस्थाका उपमहासचिव ज्ञान बहादुर थापा, रविन मानन्धर, तुलसि गौतम, राम बिडारी, कार्यक्रम सम्पन्न गर्न महत्त्वपूर्ण सहयोग गर्नुहुने रानि सामुदायिक वन हेटौंडा ६, सधेशि समाज मकवानपुरलाई प्रशँशा पत्र प्रदान गरियो । यस वर्ष टोल विकासको अभियानमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु हुने टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ९ र ११ लाई समेत सम्मान तथा कदर गरियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर महतले नगरको वातावरण संरक्षण र सचेतना अभिवृद्धिमा टोल विकास संस्थाहरूको महत्त्वपूर्ण भुमिका रहेको बताउदै आगामि दिनमा वातावरण मैत्रि नगर बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने समेत आग्रह गरे ।

टोल विकास संस्था नगर समन्वय समिति हेटाैँडाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु