राजावादीहरुकाे सक्रियताविरुद्ध प्रचण्ड, देउवा र ओली एकै ठाउँ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशपछि राजावादी सक्रिय भइरहेका बेला सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल उनीहरूविरुद्ध एकजुट देखिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजसंस्था फर्काउने प्रयासप्रति आपत्ति जनाउँदै पूर्वराजाको सुविधा खोस्नेसम्मको चेतावनी दिएका छन्।
यसैबीच, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने मौन देखिएको छ। कार्यबाहक प्रवक्ता मनिष झाले राजावादीहरूको सक्रियतालाई परम्परागत दलहरूप्रति जनतामा बढेको निराशाको अभिव्यक्ति भनेका छन्। तर, उनले रास्वपा व्यवस्थाविरोधी नभएको र राजसंस्थालाई गम्भीरतापूर्वक नलिएको स्पष्ट पारे।
माओवादी भने राजावादीहरूको विरोधमा आक्रामक देखिएको छ। पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले ‘राजतन्त्र फर्किने कल्पना पनि गर्न नसकिने’ बताएका छन्। माओवादीले मधेसमा जारी ‘जनतासँग माओवादी’ अभियान स्थगित गर्दै गणतन्त्र पक्षमा प्रदर्शनको तयारी गरिरहेको छ।