कुलेखानीमा माछा बिक्रिबाट तीन लाखभन्दा बढी राजस्व संकलन

निरन्तर न्यूज
२५ फाल्गुन २०८१, आईतवार १३:०७

हेटौंडा । मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले चालु आर्थिक वर्षको आठ महिनामा तीन लाख भन्दा बढी राजस्व संकलन गरेको छ। केन्द्रले चालु आर्थिक बर्षको फागुण महिना सम्ममा तीन लाख ३८ हजार २ सय २१ रुपौयाँ राजस्व संकलन गरेको हो ।

कुल एक हजार चार सय ३२ किलो विभिन्न जातको माछा विक्रीबाट उक्त राजस्व संकलन गरिएको मत्स्य विकास केन्द्र कुलेखानीका मत्स्य विकास अधिकृत मनिता पौडेलले जानकारी दिइन् । पौडेलका अनुसार केन्द्रले चालु आर्थिक बर्षको साउन महिनामा केज र तियारीबाट एक सय ८० किलो माछा उत्पादन गरि बिक्री गर्दा चार हजार चार सय ३७ रुपौयाँ राजस्व संकलन गरेको छ ।

त्यसैगरी भदौ महिनामा तीस हजार दुई सय ३८ असोजमा २९ हजार तीन सय ३६, कार्तिक महिनामा एक लाख ६ हजार चार सय १६, मंसिर महिनामा ६ हजार ६ सय एक र पुस महिनामा केन्द्रले चालु आवको हालसम्मकै बढी एक लाख १७ हजार तीन सय राजस्व संकलन गरेको मत्स्य विकास अधिकृत पौडेलले जानकारी दिइन् । साथै केन्द्रले फागुण महिनामा तीन हजार ९ सय ६० रुपौयाँ राजस्व संकलन गरेको छ भने माघ महिनामा भने माछा बिक्री नगरिएको पौडेलको भनाई छ ।

केन्द्रले गत आवमा २ हजार ५ सय १८ किलो माछा विक्री गरेर ६ लाख २७ हजार राजस्व संकलन गरेको जनाएको छ ।

मकवानपुरको इन्द्रसरोवर तालमा केन्द्रले उत्पादन गरेको माछा स्थानिय स्तरमा नै खपत हुने गरेको मत्स्य अधिकृत पौडेलको भनाई छ। केन्द्रले हाल सिल्भर, बिगहेड, कमन ग्रास, रोहु, नैनी, भाकुर, टीलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरि बिक्री गर्ने गरेको छ ।

मागको आधारमा माछा उत्पादन गर्न नसकिएको र चालु आवमा दुई हजार भन्दा बढी माछा उत्पादन गरि बिक्री गर्ने लक्ष्य रहेको मत्स्य विकास अधिकृत पौडेलले बताइन् ।

तालको रिजरभ्वायरको जलिय विविधता संरक्षण तथा यसमा आश्रित समुदायको जीवनस्तर उकास्ने हेतुले केन्द्रले विगतका बर्षझै गत भदौ महिनाको तेस्रो साता २ लाख भुरा माछा तालमा छाडेको जनाएको छ ।

साथै केन्द्रले स्थानिय विद्यालयका विद्यार्थी र कर्मचारीलाई नेपालमा माछा पालनका लागि योग्य माछाका जातहरु माछाको पौष्टिक महत्व तथा प्राकृतिक जलाशयको संरक्षण जस्ता विषयमा जानकारी दिन स्कूल शिक्षा कार्यक्रम गरेको मत्स्य विकास अधिकृत पौडेलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु