हेटौंडामा जबरजस्ती करणी आराेपमा ७ जना किशोरहरु पक्राउ

निरन्तर न्यूज
२५ फाल्गुन २०८१, आईतवार १३:१९

हेटाैँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्ती करणी मुद्दामा ७ जना किशोरहरु पक्राउ गरेको छ । गत माघ महिनाको ६ गते बिहान ८–३० बजेको समयमा जिल्ला हेटौंडा २ स्थित वनस्खण्डी मन्दिर नजिकै जंगलमा जबरजस्ती करणी गरेको भन्दै युवतीले दिएको निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पीडित युवतीले फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनका अनुसार जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा फागुन २२ गते हेटौंडाको विभिन्न स्थानहरुमा बस्ने आरोपित किशोरहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले मकवानपुर जिल्ला अदालत हेटौडाबाट जबरजस्ती करणी कसुर मुद्दामा ५ दिनको म्याद अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । किशोरहरु सबै १८ वर्षभन्दा कम उमेरका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु