कटरिनासँग पनि विवाहको हल्ला

निरन्तर न्यूज
२२ जेष्ठ २०७६, बुधबार १८:४४

काठमाडौँ, २२ जेठ । बलिउड स्टार सलमान खान यतिखेर बहुप्रतिक्षित फिल्म भरतको प्रचारप्रसारमा व्यस्त रहेका छन् । यसै फिल्मको प्रचारका उनले विवाह नगर्नुको कारण पनि खोलेका छन् ।

उनको धेरै अभिनेत्रीहरुसँग लभ अफयेरको चर्चा चल्यो । तर, विवाह भने हुन सकेन । उनले विवाहभन्दा सामिप्यताको आफुलाई धेरै आवश्यकता रहेको उनले बताएका छन् ।

आजसम्म पनि आफुलाई विवाहप्रति खासै चासो नरहेको उनले बताएका छन् । आजको समयमा विवाह भन्ने कुरा अति आवश्यक नभएको उनले बताए । उनको पछिल्लो समय कटरिनासँग पनि विवाहको हल्ला चलेको थियो । तर, उनले यसबारे कुनै सत्यता नरहेको बताएका छन् ।

उनको भनाइ मान्ने हो भने उनी विवाहका लागि कहिल्यै तयार नहुने संकेत देखिन्छ । सन् २०१० यता उनले खेलेका हरेक फिल्मले १०० करोडभन्दा बढीको कमाइ गर्न सफल भएका छन् । भरत फिल्मले पनि बक्स अफिसमा रेकर्ड बनाउने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*