नेमकिपाको अध्यक्षमा पुनः नारायणमान विजुच्छेँ चयन

निरन्तर न्यूज
२१ फाल्गुन २०८१, बुधबार ०९:१७

हेटौंडा । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान विजुच्छेँ चयन भएका छन् ।

मंगलबार सम्पन्न ८औँ राष्ट्रिय महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । ८४ वर्षका विजुच्छेँ २०३१ सालदेखी निरन्तर अध्यक्ष छन् ।

महाधिवेशनले सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिसहित २९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
नेमकिपाको केन्द्रीय सदस्यमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाइँ, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाइँ छन् ।

यस्तै केन्द्रीय सदस्यमा रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सिर्जना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही चयन भएका छन् ।
त्यस्तै, मन्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरूङ वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु