हेटौंडामा दशौं राष्ट्रिय भेट्रान्स कप हुने

निरन्तर न्यूज
१९ फाल्गुन २०८१, सोमबार ०८:२३

हेटौंडा । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा सञ्चालन हुँदै आएको राष्ट्रिय भेट्रान्स कप एट ए साइड रनिङ सिल्ड फुटबल प्रतियोगिताको दशौं संस्करण यही फागुन २२ गते बिहीबारबाट हुने भएको छ।

२२ देखि २६ गतेसम्म हेटौंडा– ४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने अनुमान गरिएकोमा अहिलेसम्म १४ टिमले नाम दर्ता गराइसकेका प्रतियोगिता आयोजक क्लबका अध्यक्ष रमेश उप्रेतीले जानकारी दिए।

उप्रेतीका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार ५५५ र उपविजेताले नगद ७५ हजार ५५५ सहित ट्रफी प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

प्रतियोगितामा हेटौंडा, चितवन, काठमाडौं, पोखरा बारा, पर्सालगायतका जिल्लाका भेट्रान्स क्लबहरूले नाम दर्ता गराएका उनको भनाइ छ। प्रतियोगितामा ४५ वर्ष उमेरमाथिका खेलाडीहरूले मात्रै सहभागिता जनाउन पाउनेछन्।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुँदै आएको प्रतियोगिताको अघिल्लो संस्करण बानेश्वर फ्रेन्डसिप भेट्रान्स काठमाडौंले जितेको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु