मकवानपुरगढी टि–१० क्रिकेटको उपाधिमा सनराइजकाे पाेल्टामा

निरन्तर न्यूज
१९ फाल्गुन २०८१, सोमबार ०७:५८

हेटौँडा । पहिलो संस्करणको मकवानपुरगढी टि–१० क्रिकेट प्रतियोगिताको उपाधि सनराइज युथ क्लबले जितेको छ । आइतरबार भएको फाइनल खेलमा वडा नं. २ भालुन्टारलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको हो ।

मकवानपुरगढी गाउँपालिका वडा नं.२ स्थित कुर्लेमारको खेल मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको सनराइजले ९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ९६ रनमा समेटियो । ९६ रनको लक्ष्य पछ्याएको भालुन्टारले १० ओभरमा ६ विकेट गुमाएर ६२ रनमा समेटियो ।

प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको भालुन्टारका कुनै पनि ब्याटरले राम्रो प्रर्दशन गर्न सकेनन् । भालुन्टारका लागि सनराईजका दिवस सुवेदीले घातक बलिङ्ग गरे । उनले ओपनरद्वय संजिव सुनार, सौरभ विक्रम र राम मामालाई सस्तैमा समेटिदिए । उनले संजिव र सौरभलाई क्रमशः १४ र ९ रनमा क्याच आउट गराए ।

त्यसपछि भालुन्टारको व्याटिङ्ग धान्न सन्तोष सुनार र राम मामा आएका थिए । राम मामा २ बलमै बिना रन दिवशकै बलमा क्याच हुँदै पेबेलियन फर्किए । सन्तोष ८ रन बनाएर सविन पाण्डेको बलमा क्लिन बोल्ट हुन पुगे ।

त्यसपछि आएका भालुन्टारका ब्याटर उद्दब ढकाल १ रन, नारायण सुवेदी २ बनाउँदा उज्वल ढकाल १४ रनमा अविजित रहे भने धनराज गोलेले गोल्डन डग भेटे । सनराइजलाई जित दिलाउन दूई ओभर बलि«ङ्ग गरेका दिवस सुवेदीले ३ विकेट लिए । त्यस्तै विशाल अधिकारीले २ र सविन पाण्डेले १ विकेट लिए ।

सुरुमा व्याटिङ्गमा उत्रिएको सनराइजका प्रज्वल न्यौपानेले सर्वाधिक ३९ रन बनाए । उनले ४ छक्का र ३ चौका प्रहार गेरका थिए । त्यस्तै विशाल अधिकारी १५, सुजन अधिकारी १४, दिवश सुवेदी ११ रन बनाएर आउट हुन पुगेका थिए । साथै प्रकाश लामा ४ रनमा नटआउट रहदा अर्पण न्यौपाने २, अनिश न्यौपाने र सविन समान १-१ रन जोडेका थिए ।

भालुन्टारका राम मामा, सौरभ विक्रम र नारायण सुवेदीले समान २-२ विकेट लिएका थिए । त्यस्तै सन्तोष सुनार र उद्दव ढकालको नाममा १÷१ विकेट रहेको थियो । फाइनल खेलका म्यानअफ द म्याच सनराइजका अलराउण्डर दिवस सुवेदी घोषित भए ।

उपाधि विजेता सनराइजले नगद ३० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र पाउँदा उता उपविजेता बनेको भालुन्टारले २० हजारमै चित्त बुझाउनु पर्यो । फाइलन खेलमा पराजित भएपनि बिधातर्फ भालुन्टारका खेलाडीको बर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भालुन्टारका सौरभ विक्रम घोषित भए । त्यस्तै उत्कृष्ट ब्याटर र धेरै छक्का प्रहार गर्ने भालुन्टारकै सन्तोष सुनारको पोल्टामा पर्यो । उत्कृष्ट बलर भने सनराइजका प्रकाश लामा बने ।

प्रतियोगिताका विजेता, उपविजेता र बिधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिन, मकवानपुरगढी वडा नं.२ का वडाध्यक्ष बखान सिं पाख्रिन, वडा नं.७ का वडाध्यक्ष सुर्य बहादुर रुम्बा, नेपाली कांग्रेस मकवानपुरगढी सभापती राजविर मोक्तान लगायतले पुरस्कृत गरेका थिए ।

मकवानपुरगढी खेलकुद विकास समितिले मकवानपुरगढी क्रिकट क्लबसंग सहकार्य प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको थियो भने जहाँ पालिकाभित्रको खेलाडीहरुबीच प्रतिस्पर्धा गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु