कैलाश गाउँपालिका अध्यक्ष कपको उपाधी वडा १० को कब्जामा

निरन्तर न्यूज
१७ फाल्गुन २०८१, शनिबार १६:३९

हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा जारी पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले प्राप्त गरेको छ। डिफेन्डिङ च्याम्पियन समेत रहेको वडा नम्बर १० ले शनिबार सम्पन्न वडा नम्बर ८ विरुद्धको फाइनल खेलमा अध्यक्षकप फुटबल प्रतियोगिता माथि उपाधि कब्जा गरेको हो।

कैलाश ९ स्थित नामटार खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १० ले वडा नम्बर ८ लाई पेलान्टी सुट आउटमा ८-७ गोल अन्तरले हराउँदै वडा १० विजयी भएको हो । उपाधि सँगै वडा १० ले नगद एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको वडा ८ ले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनल खेलकाे पहिलाे हाफ बराबरी भएको थियाे । खेलकाे १७ औं मिनेटमा १० नम्बर वडाका सुर्य थिङ्गले पहिलाे गाेल गरेका थिए भने वडा ८ का देवदुत नेगीले २३ औं मिनेटमा गाेल फर्काउँदै बराबरीमा पुर्‍याएका थिए । दाेस्राे हाफमा दुबैतर्फबाट गाेल गर्न असफल भएपछि खेल पेलान्टी सुट आउटमा पुगेकाे थियाे । पेलान्टी सुटआउटमा दुवैतर्फबाट बराबरी ५-५ गाेल भएको थियाे भने सडनडेथमा ३-२ गाेल भए सङ्गै ८-७ गाेल अन्तरले वडा नम्बर १० विजयी भएको हाे । खेलको म्यान अफ द म्याच वडा १० का गाेलरक्षक विशाल वाईवा घोषित भए ।

गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता भएको हो । समितिका संयोजक मोहन वाइवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अध्यक्ष मुक्तानले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट उदयीमान खेलाडी वडा ८का विपु मुक्तान, उत्कृष्ट फरवार्ड वडा १० का सागर बल, उत्कृष्ट डिफेन्डर वडा १० सुर्य थिङ्ग, उत्कृष्ट मिडफिल्डर वडा ८ का विपु मुक्तान , खेल अवधिमा धेरै गोलगर्ने वडा ८ का खेलाडी राजन स्याङ्बाे(६गाेल), उत्कृष्ट गोलरक्षक वडा १०का विशाल वाइवा र सर्वाेत्कृष्ट खेलाडी वडा १० अनित सिंतान घोषित भए । उनीहरुलाई ट्रफि प्रदान गरिएको थियो ।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल विशेष आतिथ्यता रहेकाे कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष भुवन सिं घलान, वडा १०का अध्यक्ष सुर्य बहादुर ब्लाेन वडा ८ का अध्यक्ष आशिष प्रजा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जाेशी, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, प्रहरी चाैकी नामटारका ईन्चार्ज हिराबहादुर श्रेष्ठ लगायतकाे आतिथ्यता रहेकाे थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु