प्रमुख प्रशासकीय नपठाएको भन्दै ओलीलाई बालेनको फेसबुक पत्र

निरन्तर न्यूज
१७ फाल्गुन २०८१, शनिबार १०:४७

काठमाडौं महानगरका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत आफूलाई हराउन खोजेर देशलाई नडुबाउन अनुरोध गरेका छन् ।

फेसबुकमा छोटो सम्बोधनसहित बालेनले लेखेको स्टाटसमा भनिएको छ, ‘प्रधानमन्त्री ज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ । हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिँडेको मान्छे । मलाई हराउने ताकमा देशलाई चाहिँ नडुबाउनु होला ।’

काठमाडौं महानगरमा संघिय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएको झोँकमा मेयर बालेनले यस्तो स्टाटस लेखेका हुन् । महानगर ५ पुसदेखि प्रमुख प्रशासकीय अधिकृतविहिन छ । प्रमुख प्रशासकिय अधिकृत नहुँदा महानगरका कर्मचारीले दूई महिनाको तलब पाएका छैनन् ।

तलब नपाउँदा सरसफाई कर्मचारी र तल्लो पदमा काम गर्ने कर्मचारीहरुलाई घर धान्न मुस्किल भइरहेको । मेयरको सचिवालयका अुनसार कर्मचारीहरुले तलब नहुँदा दैनिकी चलाउन मुस्किल भएको गुनासो गरिरहेका छन् ।

यता महानगरले भने २४ पुसमा नै संघिय सरकारलाई पत्र लेखेर प्रमुख प्रशासकीय अधिकृत पठाउन अनुरोध गरेको थियो । तर, अहिलेसम्म संघ सरकारले काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु