अनलाइन मिडियाकाे वर्तमान अवस्थालाई चिर्न एकजुट हुन जरुरी

निरन्तर न्यूज
१६ फाल्गुन २०८१, शुक्रबार २२:३४

हेटाैँडा । मकवानपुरमा आज डिजिटल मिडियासँग सम्वन्धित रहेर छलफल भएकाे छ ।

स्वस्तिक मिडिया प्रालिले डिजिटल सन्चारमाध्यम स्थापना, सन्चालन र निरन्तरतामा चुनाैती विषयकमा छलफल गर्नेक्रममा बागमती प्रदेशकाे राजधानीमा रहेर पत्रकारिता गर्ने अधिकांश सन्चारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

पत्रकार आफै सराेकारवाला रहेकाे कार्यक्रममा धारणा राख्ने अधिकांशले पत्रकारिता पेशामा मानसम्मान मर्यादा र यसकाे गरिमालाई जाेगाउन मुख्य चुनाैती रहेकाे बताए । बिशेषत अनलाइन मिडियालाई टिकाइराख्न सबै सन्चारकर्मीहरुले राज्यकाे नीति नियम र मिडियालाई सबल र सक्षम बनाउने सवालमा प्रदेश र स्थानीय सरकारले ध्यान नदिएकाे  बताए ।

नीति नियम र नियतिमा आवश्यक संसाेधनकाे विषयमा समेत छलफल गरिएकाे थियाे । राज्यले सन्चारमाध्यम र सन्चारसंस्थालाई न्यूनतम पनि बजेट निर्धारण नगर्दा बागमती प्रदेशकाे राजधानीमा रहेर पत्रकारितालाई गर्नेलाई उपहास गरेकाे बुझाइ रहेकाे थियाे । सरकारका फेरबदल, कर्मचारीतन्त्रकाे झन्झटिला उदाहारण र कर्मकाण्डी सरकारी प्रक्रियाकाे तहगत फाइलिङ प्रणालीले पत्रकारलाई उपेक्षित गरेकाे छलफलकाे मुख्य विषय बनेकाे थियाे ।

पत्रकारले पनि कानुनले बर्जित गरेका कुराहरुलाई मध्यनजर गर्दै प्रक्रियामा रहेर मर्यादित भएर कलम चलाउनपर्नेमा छलफलका वक्ताहरुले सुझाएका थिए । सबै अनलाइन मिडियाहरु एकजुट भइ संस्थाकाे माध्यमबाट नै राज्यलाई झकझकाउन सके संघ, प्रदेश र स्थानीय सरकारले पत्रकारिता क्षेत्रलाई सबल र सक्षम बनाउन चासाे दिने अधिकांशकाे भनाइ थियाे ।

अहिलेकाे समयमा सामाजिक सन्जाल भन्दा पनि अनलाइन मिडियामा आउने समाचारकाे प्रभावशालीता समेत समस्या आउन थालेकाे बताउँदै मिडिया सन्चालनका क्रममा आउने आर्थिक, सामाजिक  र  अनावश्यक कागजी प्रणालीले थप समस्या निम्त्याएकाे बताइका छन्।

मकवानपुरमा पछिल्लाे समयमा अनलाइन मिडियाकाे सन्चालन गर्ने क्रम बढ्दै गएता पनि यसकाे गुणस्तरीयता प्रभावकारिता र पत्रकार आचरसंहिता पालना गर्ने सवालमा समेत हामीबाटै सुध्रनु पर्ने कुरामा छलफल भयाे । अनलाइन मिडियाकाे वर्तमान अवस्थालाई चिर्न एकजुट हुन जरुरी रहेकाे छलफल पश्चात सबैले महशुस गरेका छन् ।

रबिन्द्र गौतमकाे सभाध्यक्षता भएकाे कार्यक्रममा सन्चार रजिष्ट्रार रेवति सापकाेटाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु