बुधबार सार्वजनिक बिदा
निरन्तर न्यूज
२१ जेष्ठ २०७६, मंगलवार २१:४७

काठमाडौँ । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इदुल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।
जेठ १० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार इदुल फित्रको दिन बुधबार बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ।