मकवानपुरमा खुर्सानीको धुलो छरी चोरी गर्न खाेज्ने युवक घाइते

निरन्तर न्यूज
१६ फाल्गुन २०८१, शुक्रबार १४:०२

हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा चोर्न आएका चोरले आँखामा खुर्सानीको धुलो छर्की चोरी गर्न लाग्दा घरधनीको प्रतिकार परि गम्भीर घाइते भएका छन्।

बिहीबार राति ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ का स्थानीय मिन बहादुर भ्लोनको छरमा निज भ्लोन र निजकी श्रीमती देवी माया भ्लोनलाई आँखामा खुर्सानीको धुलो छरी चोरी गर्न लाग्दा देवीमायाले घरेलु औजारले प्रतिकार गर्दा चोरी गर्न आएका अन्दाजी ४० वर्षीय एक पुरुष गम्भीर घाइते भएका छन्। घरेलु औजारको प्रहारबाट घाइते उक्त व्यक्ति पनि प्रतिकार गर्दा दुवै दम्पती समेत घाइते रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । चोरी गर्न आएका व्यक्तिको पहिचान नखुलेको
र उनको टाउको, मुख, शरिरमा बिभिन्न भागमा चोट लागी गम्भिर घाइते रहेकोले थप उपचारको लागि चितवन रिफर गरिएको जनाइएको छ ।
यता भ्लोन दम्पतीको पनि शरिरको विभिन्न भागमा चोट रहेको र हेटौंडा अस्पताल उपचार भइरहेको जनाइएको छ। घटनाको जानकारी पाए लगतै सिस्नेरी प्रहरी चौकीबाट गएको प्रहरीले उनीलाई उद्दार गरी उपचारको लागी हेटौडा पठाएको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु