दलितमाथि अझै पनि विभेद अन्त्य नभएको : प्रचण्ड

निरन्तर न्यूज
२१ जेष्ठ २०७६, मंगलवार १९:००

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलितमाथि अझै पनि विभेद भएको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘दलित भएकै कारणले अपमानित हुने, बलात्कृत हुने र विभिन्नखालका विभेदहरु सहनुपर्ने स्थितिको अन्त्य भएको छ त भनेर हेर्‍यो भने अहिलेपनि त्यस्तो भएको चाहिँ छैन ।’

त्यस्तै नयाँ संविधान सम्झौतामा बनेकाले यसभित्र राम्रा र नराम्रा कुराहरु रहेको अध्यक्ष प्रचण्डको भनाइ छ । ‘संविधानमा धेरै राम्रा कुरा लेखिएपनि ती कुरा व्यवहारमा लागू गर्ने ठाउँमा जाँदा फेरि पुरानै प्रवृत्ति, पुरानै मानसिकता, पुरानै संस्कृति अहिलेपनि देखिन्छ’, उनले भने ।

कार्यक्रममा दलित आन्दोलनमा योगदान पुर्‍याउने दलित मोर्चाका अध्यक्ष तिलक परियारलाई इभा क्यासेल सामाजिक न्याय पुरस्कारबाट सम्मान गरिएको थियो । यस्तै, दलित समुदमयबाट पहिलोपटक सगरमाथाको सफल आरोहण गर्ने विजय घिमिरे विश्वकर्मा र कुमारी ज्ञानमालालाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु