हेटौँडाकी शुष्माको स्वरमा ‘पिरतीमा’ ले बजार तताउँदै

युट्युब ट्रेन्डिङ २० मा उक्लियो
निरन्तर न्यूज
२१ जेष्ठ २०७६, मंगलवार १८:०५

काठमाण्डौँ । हेटौडाकी शुष्मा पूर्णिमा अर्यालले “पिरतीमा“ नामक गितमा आफ्नो स्वर दिएर सगीत क्षेत्रमा पाइला चालेकी छिन् । शुष्माले परिवारको साथ र हौसला पाएपछी नयाँ गीत ’पिरतीमा“ आफ्नो स्वर भर्न सफल भएकी हुन् । यसअघि करेसा र भान्सामा गुनगुनाउने उनलाई आफ्नो बच्चाहरुले समेत गित गाउन हौसाएको बताइन । उनि भन्छिन् भान्सा र बगैँचा गुनगुनाउने मेरो आवाज स्टुडीयो सम्म पुगेको छ, कस्तो भयो यसको जिम्म संगीतलाई माया गर्ने मनहरुको जिम्मामा छाडेकी छुु ।

चर्चित संगीतकार तथा गायक शिखर सन्तोषको युगल स्वरमा नयाँ गित “पिरतीमा“ को म्युजिक भिडियो विहीबार सार्बजनिक गरिएको छ । नेपालको ख्यातीप्राप्त डान्सिङ ग्रुप ’द कार्टुन क्रिउ ’ जुनियरको सहकार्यमा बनेको गीतको म्यूजिक भिडियो अहिले यूट्यबमा संगीत प्रेमीहरुको मन जित्दै गएको देखिन्छ ।

दर्जनौ चर्चित गीतहरुमा सगीत भरेका संगीतकार तथा गायक शिखर सन्तोषसँगै सुमधुर आवाज भरेकी शुष्माको “पिरतीमा“ सन्तोष तिमल्सिनाको शब्द तथा शिखर सन्तोषको संगीत रहेको छ । सरोज अधिकारिको निर्देशन रहेको यस गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका छन् भने सार्बजनिक म्युजिक भिडियोलाइ छायाँकार ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् ।

आश्मा बिश्वकर्मा र सरोज अधिकारिको कोरियोग्राफी रहेको भिडियोमा कार्टुन क्रुज जुनियर र बिजय अधिकारी (बन्नी) लाइ फिचरीङ गरिएको छ ।

७ लाख भन्दा बढिले हेरिसकेको पिरतिमाको म्यूजिक भिडियो समाचार तयार पार्दासम्म युट्युब ट्रेन्डीङमा २० नम्बरमा रहेको छ ।

हेटौंडा ५ सानोपोखरामा जन्मिएकी गायीका शुष्मा मकवानपुरका समाजसेवी तथा सफल युवा व्यवसायी धानेश्वर गु्पका संचालक दिपक शर्मा ढकालकी जिवन सङ्गीनी हुन् । हाल उनीहरुको परिवार ललितपुरमा बस्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*