मकवानपुरमा भिरबाट लडेर एक पुरुषको मृत्यु

हेटौंडा। मकवानपुरमा भीरबाट लडेर एक पुरुषकाे ज्यान गएकाे छ ।
मकवानपुरको थाहानगरपालिका वडा नम्बर-५ नलिबनमा स्थानीय ३२ बर्षिय राजकुमार पाख्रिनको भीरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्।
बुधबार बेलुका थाहानगरपालिका वडा नम्बर – ८ दामगढी स्थित माईला ससुरा अमरबहादुर थिङको छोरीको बिवाहको भोज खाई फर्जदै गर्दा उनी थाहा – ७ भट्टीडाडामा पिसाब फेर्ने क्रममा भिरबाट लडेका थिए। भीरबाट दुईसय मिटर तल लडेका उनको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।