मुख्यमन्त्री पौडेल भेट्न प्रधानमन्त्री ओली शहिद गंगालाल अस्पतालमा

काठमाण्डौं । ३ नम्बर प्रदेशका माननीय मुख्यमन्त्री डोरमणी पौडेल ज्युको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र पुग्नु भएकाे छ ।
मुख्यमन्त्री पाैडेलकाे साेमबार बेलुका मुटु सम्वन्धि उपचार एनजिओप्लाष्ट गरिएकाे सचिवालयले जनाएकाे छ ।
आईसीयू कक्षमा रहनुभएका मुख्यमन्त्री पाैडेलकाे स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उध्दत गर्दै मुख्यमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
फाेटाे : प्रेस संयाेजक प्रकाश दाहालकाे फेसबुक