हेटाैँडाकाे व्यापार महाेत्सव तताउँदै कलाकार, आज ज्याेति मगर आउने

हेटाैँडा । हेटाेँडामा फागुन ६ गतेबाट शुरु भएकाे दाेश्राे राष्ट्रिय निर्माण तथा व्यापार महाेत्सव २०८१ जारी रहेकाे छ ।
मेलामा आउने दर्शकहरु दैनिक बढिरहेकाे आयाेजकले बताइरहेका छन् भने दैनिक हुने सांगितिक प्रस्तुतीले दर्शकलाई तताइहेका छन् ।
हालसम्म राष्ट्रिय कलाकारहरु सुगम पाेखरेल, द बाजागाजा, हाउडे माया, कबिता खत्री, सुभाष महतले मेलामा आफ्नाे प्रस्तुती मार्फत दर्शककाे मन जितिरहेका छन् ।
आज फागुन ८ गते ज्याेति मगर नवराज घाेरासाइनी, रबि रिमाल, बिश्वराम कार्की, मदन बिष्ट लगायतकाे प्रस्तुती रहने प्रचार प्रसार संयाेजक सुरज बर्ताैलाले जानकारी दिए ।
त्यसंगरि मेलालाई भब्य र सांगितिकमय बनाउनकाे लागि नेपालकाे चर्चित गायक राजु लामाकाे लाेकप्रिय ब्याण्ड मन्गाेलियन हर्टकाे प्रस्तुती फागुन १४ गते रहने संयाेजक बर्ताैलाले जानकारी दिए ।
मेलामा धार्मिक प्रकारका स्टल निशुल्क गरिएकाे छ भने कृषि प्रवर्द्धनकाे लागि ७५०० मात्र शुल्क निर्धारण गरिएकाे छ । त्यसैगरि कपडा सम्वन्धि स्टलकाे दर मा ५० प्रतिशत छुटकाे व्यवस्था रहेकाे बर्ताेलाले जानकारी दिए ।
मेलामा हेटाैँडा आइडल समेत छानिनेछ । हेटौँडा आइडलमा ३५ जना प्रतियोगीबाट १६ जनालाई छनाैट गरिएकाे दिपेश श्रेष्ठले जानकारी दिएका छन् । हिजाे फागुन ७ बाट हेटौँडा आइडलको दोस्रो संस्करणको पहिलो चरणमा छनोटमा परेका १६ जना नवप्रतिभाले आफ्नाे प्रस्तुति दिएकाे श्रेष्ठले जानकारी दिए । हेटौँडा आइडलको ग्राण्ड फिनाली फागुन १७ गते हुने व्यवस्थापन उपसमितिका संयोजक टाकाराज थापाले जानकारी दिएका छन् । हेटौँडा आईडललाई ५१ हजार , फस्ट रनरअपलाई २५ हजार, सेकेण्ड रनरअपलाई १५ हजार तथा दुई जना रनर अपलाई जनही ५/५ हजार रुपैयासहित पुरस्कृत गरिने आइडल संयाेजक थापाले बताए । आइडलकाे मुख्य निर्णायकमा कृष्णगोपाल सिँह तथा निर्णायकहरुमा सुनिता बुर्लाकोटी र ईश्वर खड्का रहेका छन् ।
फागुन १८ गतेसम्म चल्ने महोत्सवमा ३ सय २५ स्टल रहेको र महोत्सव प्रवेशका सर्वसाधारणका लागि ७५ रुपैयाँ र लागि विद्यार्थीका लागि ५० रुपैया शुल्क निर्धारण गरिएको छ। करिब ५० हजारले अवलाेकन गर्ने अनुमान गरिएकाे मेलाकाे उद्घाटन फागुन ६ गते गृहमन्त्री रमेश लेखकले गरेका हुन् ।