विद्यार्थीकाे दबाब परेपछि उडिसाकाे केआईआईटी कलेजमा हेल्प डेस्क गठन

काठमाडौं । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा नेपाली विद्यार्थीको आन्दोलनको सुनुवाइ गर्दै ‘हेल्प डेस्क’ गठन गरिएको छ ।
आईएएसका उच्च शिक्षा निर्देशक कालीप्रसन्न मोहोपात्राको नेतृत्वमा ९ सदस्यीय सहायता कक्ष गठन गरिएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यही फागुन ४ गते त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएकी थिइन् । उनको शङ्कास्पद मृत्युलाई लिएर विद्यार्थीहरूले आन्दोलन गरेका थिए । यसपछि उल्टै आन्दोलनरत विद्यार्थीलाई कलेजबाट लखेटिएको विषय बाहिरिएको थियो । यसको सर्वत्र विरोध भएपछि नेपाली विद्यार्थीहरूलाई कलेजमा फिर्ता बोलाइएको थियो ।
त्यसपछि पनि नेपाली विद्यार्थी सुरक्षाको माग गरेका थिए । त्यसको सुनुवाइ गर्दै कलेजले हेल्प डेस्क गठन गरेको हो ।
एक युवाले गरेको दुव्र्यवहार सहन नसकेर प्रकृतिले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस प्रकरणमा प्रशासनका ३ सहित ६ जना पक्राउ परिसकेका छन् ।
प्रकृतिको शव भने बुधबार नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ ।