भाजपाले नयाँ दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने

निरन्तर न्यूज
७ फाल्गुन २०८१, बुधबार २१:१५

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)ले नयाँ दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधान सभा संसदीय दलको बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखड पर्यवेक्षक तोकेको थियो ।

ओमप्रकाशसहित साँझ बसेको दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

नयाँ दिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो ।

नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह बिहीबार मध्याह्न रामलिला मैदानमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु