प्रकृतिकाे परिवारलाई न्याय दिने ओडिशाका मुख्यमन्त्री माझीकाे आश्वासन

निरन्तर न्यूज
७ फाल्गुन २०८१, बुधबार २१:०८

काठमाडौं । ‌ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले केआईआईटी विश्वविद्यालयमा भएको दुःखद घटनामा न्याय प्रदान गर्ने आश्वासन दिएका छन् ।

मुख्यमन्त्री माझीले मृतक विद्यार्थी प्रकृतिको परिवारलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेको नेपालस्थित भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ ।

नेपाली काउन्सिलरद्वय संजीव दास शर्मा र नवीन राज अधिकारीसँग घटनाको बारेमा जानकारी लिएपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेको दूतावासले जनाएको छ । दुतावासका अनुसार कुराकानीका क्रममा उनले क्याम्पसमा शान्ति र सामान्य अवस्था पुनर्स्थापित गर्ने आश्वासन पनि दिएका छन्। मुख्यमन्त्री माझीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो पढाईलाई निरन्तरता दिन आग्रह गरेको बताइएको छ ।

उनले घटनाका बारेमा छानबिन भइरहेको र दोषीलाई कडा कारबाही गरिने बताए । मुख्यमन्त्री माझीले विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई सरकारले उच्च प्राथमिकता दिएको पनि बताए ।

लम्सालको निधनले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई स्तब्ध बनाएको छ। उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु