मरेको कुखुरालाई जथाभावि फाल्दा दुर्गन्ध
निरन्तर न्यूज
२१ जेष्ठ २०७६, मंगलवार १०:२१

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वार्ड नम्बर ७ नागदह नजिकै मरेको कुखुरालाई जथाभावि फाल्दा दुर्गन्ध फैलिएर स्थानीयवासी तथा वाटो भएर आवात जावत गर्नेलाई समस्या परेको छ ।
स्थानीयलाई आशंका नहाेस भनेर प्लास्टिककाे झाेलामा राखेर फालिएकाे छ ।
मरेको कुखुरा रातीको समयमा कसले किन फालेको हो भन्ने पहिचान हुन सकेकाे छैन । रातीको समयमा यसरी मरेको कुखुरा फाल्नेलाई स्थानीयले निगरानी गर्ने भएका छन् ।