करिब साढे चार घण्टापछि रोकियो बबरमहल क्षेत्रमा निस्केको पानी

काठमाडौं । आज दिउँसाे बबरमहलस्थित जिल्ला अदालत नजिकै मेलम्ची खानेपानी आयाोजनाकाे खानेपानी वितरण गर्ने पाइप फुट्दा निस्केको पानी अहिले रोकिएको छ ।
विद्युत् प्राधिकरणको तार भूमिगत गर्दा करिब साढे २ बजे पाइप फुटेपछि निस्केको पानीले त्यस वरपरका क्षेत्र जलमग्न गरेकाे अवस्था साढे ६ बजे पछि रोकिएको छ ।
श्राेतका अनुसार उक्त क्षेत्रमा वितरण गर्ने पाइपमा आउने पानीको मुख्य ट्यांकीहरू बन्द गरेपछि करिब साढेचार घण्टापछि पानी रोकिएको हाे ।
पानीले बबरमहल क्षेत्र जलमग्न हुँदा सवारी आवागमनससेत प्रभावित हुनुका साथै अदालतकाे सुनुवाई समेत राेकिएकाे थियो ।
उक्त पानी वन परिसर, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा पसेको थियो ।