१७ सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना सहहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो । सरुवा हुनेमा भन्सार महानिर्देशकदेखि आन्तरिक राजश्व विभागसम्मका महानिर्देशक छन् ।
सरुवा सूचीअनुसार अर्थ मन्त्रालयसहित विभिन्न मन्त्रालयका सहसचिवको सरुवा गरिएको छ । प्राविधिक मन्त्रालय तथा सेवाका सहसचिवको पनि सरुवा भएको छ । सहसचिवको सरुवा गर्दा सरकारले अर्थ मन्त्रालयअन्तर्गतका दुई ठूला विभागका महानिर्देशक पनि हेरफेर गरेको छ ।
जसमा आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । रिक्त दुई वटै विभागमा अब अर्थ मन्त्रालयले अरु कुनै सहसचिवलाई महानिर्देशकको जिम्मेवारी दिनेछ ।
सरुवाकाे सुचि