सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै प्रदर्शन

निरन्तर न्यूज
२७ माघ २०८१, आईतवार १५:३८

काठमाडौँ । सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न माग गर्दै अनलाइन टिभी पत्रकार संघले माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक संशोधन नगरी पारित गर्न नहुने भन्दै संघ अहिले आन्दोलित छ । विरोधको क्रममा उनीहरूले आलोचनाको अधिकार खोस्न पाइँदैन, जनताको मुख थुन्न पाइँदैन लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु