सांसदका लागि ३ सय ३४ थान ल्यापटप

निरन्तर न्यूज
२१ जेष्ठ २०७६, मंगलवार ०७:३९

काठमाडौँ, २१ जेठ । सरकारले विकास बजेटमा छुट्याइएको केही रकम ‘ल्यापटप कम्प्युटर’ खरिदमा रकमान्तर गर्ने भएपछि संघीय संसद् सचिवालयले खरिद प्रक्रिया अघि बढाइएको छ ।

सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका लागि ३ सय ३४ थान ल्यापटप खरिद गर्न प्रक्रिया सुरु गरेको हो ।

खरिदका लागि आइतबार बोलपत्र आह्वान गरिएको छ । आर्थिक वर्षको अन्तिममा आइपुग्दा विकासका लागि छुट्याइएको बजेट खर्च नभएपछि सांसदलाई ल्यापटप खरिद गर्न रकमान्तर गरिएको हो । नागरिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*