मदन राइलाई २ वर्ष ६ महिना कैद

निरन्तर न्यूज
२६ माघ २०८१, शनिबार ०९:३८

काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई अदालतले सजाय सुनाएको छ ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना तोकिएको हो । त्यस्तै, पीडित बालिकालाई एक लाख ५० हजार क्षतिपूर्तीको पनि सजाय न्यायाधीश दाहालको इजलासले सुनाएको छ ।

आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा यसअघि नै उनी दोषी ठहर भएका थिए ।

१० माघमा दोषी ठहर भएका राईलाई सजाय निर्धारणका लागि शुक्रबारको पेसी तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु