मकवानपुरगढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
निरन्तर न्यूज
२४ माघ २०८१, बिहीबार १०:५२

हेटौंडा। मकवानपुरगढी टिपर दुर्घटना भएको छ।
बुधबार दिउँसो मकवानपुरगढी ७ सुकौरामा ढुङ्गा बोकेर आउदै गरेको टिपर बा २ क ६६६४ नम्बरकाे टिपर सुकौराको खोटारखानि नजिकै पल्टिएको हो ।
दुर्घटनामा टिपर चालक देवेद्र लुङ्वाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लोड बोकेको टिपरमा ब्रेक फेल हुदा दुर्घटना भएको अनुमान गरिएको छ।
घटना थप अनुसन्धना भईरहेको प्रहरीले जनाएको छ ।