न्यु मिडिया एकेडेमीको हेटौँडामा जर्नालिजम अवार्ड हुने

हेटौँडा । न्यु मिडिया एकेडेमीको आयोजनामा हेटौँडामा दोश्रो जर्नालिजम अवार्ड हुने आज हेटौँडामा पत्रकार सम्मेलनगरि जानकारी दिए ।
एकेडेमीका अध्यक्ष मणीराज गौतमले आगामी जेठ २५ गते हुने कार्यक्रममा ११ वटा विधाामा अवार्ड प्रदान गरिने बताए । ९ वटा विधालाइ नगद ५ हजार र बाँकी २ वटा विधालाइ १०/१० हजार रूपैया प्रदान गरिने पत्रकार सम्मेलनमा गाैतमले जानकारी दिए ।
पत्रकार सम्मेलनमा ११ विधाका ३३ जना पत्रकारहरूकाे मनोनयन भएकाे नामावली एकेडेमीका श्रीराम अर्जुनले सार्वजनिक गरेका थिए । खेल , चलचित्र ,आर्थिक अनलाईन पत्रकारिता, प्रस्तोता लगायतकाे अवार्ड दिइने बताइकाे छ ।