बेलायतका राजकुमार नेपाल भ्रमणमा आइपुगे

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया नेपाल भ्रमणमा आइपुगेका छन्। मंगलबार उनीहरूलाई परराष्ट्रसचिव अमृतबहादुर राई लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
सोफिय र उनका पति राजकुमार एडवार्ड फरक–फरक समयमा नेपाल आइपुगेका हुन ।उनीहरु दुवैले दिउँसो पौने ४ बजे शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको राष्ट्रपति पौडेलका सञ्चार संयोजक खिला कार्कीले जानकारी दिए।
परराष्ट्र मन्त्रालयका अनुसार उनीहरु ६ दिनसम्म नेपाल भ्रमणमा रहने कार्य तालिका छ। नेपाल बसाइँको क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा हुने कार्यक्रममा पनि सहभागि हुनेछन्।
उनीहरु अन्नपूर्ण हिमश्रृंखलाको अवलोकनमा पनि जाने तय भएको छ।