बागमती प्रदेश सुटिङ संघकाे अध्यक्षमा राजु दर्शन चयन

निरन्तर न्यूज
२१ माघ २०८१, सोमबार १३:२२

ललितपुर । बागमती प्रदेश शुटिङ् संघकाे अध्यक्षमा राजु दर्शन चयन भएका छन्को ।

बागमती प्रदेश शुटिङ संघकाे प्रथम साधारणसभा तथा  निर्बाचन कार्यक्रमबाट दर्शनकाे अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरिएकाे हाे ।

संघकाे उपाध्यक्षहरुमा प्रविन्द्र वस्नेत र सुकुमार थपलिया चयन भएका छन् । यसैगरि संघकाे सचिव उपेन्द्र थापा, उप–सचिव हरि बहादुर थापा र कोषाध्यक्ष निपेश खड्का चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा रुविना श्रेष्ठ, टिकाराम श्रेष्ठ, करी यञ्जोम गुरुङ्ग, सरस्वती वाँनिया, कृष्ण बहादुर घोरासैनी, सुदन खड्का, दिपक थापा, मित्रलाल थोकर तामाङ्ग र सोहित मानन्धर चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश खेलकुद परिषद्का सदस्य रवि मर्हजनले याे खेल अलि महंगाे भएकाे र हतियार जाेडिएकाे कारणले गर्दा राज्यले सहज बुझ्न नसकेकाे बताए । संघले छिट्टै तल्लाेदेखि नै ५० मिटर रेनजकाे तालिम गर्ने कुरा गर्नुभएकाे र परिषदले यसबारेमा समन्वय र सहकार्य महर्जनले बताए ।

कार्यक्रमका विशेष अतिथि  शुटिङ्ग संघका केन्द्रीय अध्यक्ष पुष्पदास श्रेष्ठले आजकाे याे टिमले नयाँ जाेशका साथ सुटिङ क्षेत्रलाई अगाडि बढाउन लाग्नुहुनेछ र यसमा मैले पुस गर्ने तथा हरेक तरहका सहयाेग गर्न समेत तयार रहेकाे बताए । यसलाई जिल्लातहसम्म विस्तार गर्न जरुरी रहेकाे श्रेष्ठले बताए ।

राजु दर्शनकाे  सभाध्यक्षतामा भएकाे कार्यक्रममा विशेष अतिथि ललितपुर विकास समितिका अध्यक्ष विनोद मर्हजन, भक्तपुर शुटिङ्ग संघका जिल्ला अध्यक्ष राजुसिं बजिकोलगायतकाकाे आतिथ्यता रहेकाे थियाे ।

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु