अन्तर्राष्ट्रिय भेट्रान्स कपमा हेटौंडा भेट्रान्सकाे फाइनल यात्रा तय

निरन्तर न्यूज
२० माघ २०८१, आईतवार १७:४३

पाेखरा । पोखरामा भैरहेको १४ औँ अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा हेटौंडा भेट्रान्स फाइनल प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनल खेलमा आयोजक बगरभाइ भेट्रान्सलाई पराजित गर्दै हेटौंडा फाइनल प्रबेश गरेको हो । खेलको निर्धारित समयमा दुबै समुहले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा प्रबेश गरेको थियो । ट्राइब्रेक्ररमा हेटौंडा भेट्रान्स ३ गोल गर्न सफल भएको थियोे भने बगरभाइ २ मात्रै गोल गर्न सफल भयो । पेनाल्टी सुटआउटमा चुकेपछि बगरभाइखलक पराजित भएको थियो ।खेलको म्यान अफ द म्याच हेटौंडा भेट्रान्सका नवराज बज्राचार्य घोषित भएका थिए ।

तीन उमेर समूह(४० वर्ष, ५० वर्ष र ६० वर्ष) मा खेलाइएको प्रतियोगितामा हेटौंडा भेट्रान्सले ५० बर्ष माथीको समुहमा भाग लिएको थियोे ।फाइनल खेल सोमबार दिउँसो हुने आयोजकले बताएको छ ।स्वास्थ्यका एक घण्टा व्यायम, नागरिकहरुका लागि नौलो आयाम भन्ने नारा सहित वगरभाई खलक पोखराको आयोजनामा भएको प्रतियोगितामा देश विदेशका क्लबहरुले सहभागिता जनाएका छन् ।

४० वर्ष माथिको समूहका विजेताले दुई लाख र उपविजेताले एक लाख सहित शिल्ड प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने ५० वर्ष माथीको समूह विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै ६० वर्ष माथीको उमेरसमूहले विजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्ने वगरभाई खलकका महासचिव मनकाजी गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु