यो सरकारका कारण राष्ट्रियता खतरामा छ: माओवादी महासचिव गुरुङ

हेटौंडा। नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले यो सरकारले राष्ट्रियता माथि खतरा पैदा भएको बताएका छन्।
प्रेस सेन्टर नेपाल, मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले के पी ओली नेतृत्व सरकारका कारण लोकतन्त्र र राष्ट्रियता माथि खतरा पैदा भएको बताएका हुन्। महासचिव गुरुङले मुलुकको स्वाधिनताको रक्षा गर्न अंगीकार गर्नुपर्ने परराष्ट्रनीति समेत सरकारले अंगीकार गर्न नसकेको आरोप लगाएका थिए ।
उनले वर्तमान सरकारले संसद्लाई कमजोर र विस्थापित बनाउन खोजेको आरोप लगाए।गुरुङले पत्रकार भेटघाटमा सरकारले संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथिकै हमला भएको आरोप लगाएका थिए।