बागमती प्रदेशसभाको सातौ वार्षिकोत्सव सम्पन्न

हेटौंडा । बागमती प्रदेशसभाको सातौ वार्षिकोत्सव हेटौंडामा मनाइएको छ । बार्षिकोत्सबको बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले उद्घाटन् गरे ।
कार्यक्रममा बोल्दै उनले प्रदेश सभाले यथेष्ट कार्यसुची पाउनुपर्ने र जनसरोकारका विषयहरू प्रदेश सभामा गुन्जिनुपर्ने बताए । उनले भने–‘कानुनहरू छिटो, छरितो, चुस्त, दुरुस्तरूपमा निर्माण हुनुपर्दछ तथा बिधेयक र अध्यादेशहरूमा हुनसक्ने सम्भाबित त्रुटिहरूप्रती चनाखो हुनुपर्दछ । रास्ट्रियता र जनजिबिकाको मुद्दामा पार्टीगत आस्थालाई सभाको गेटबाहिरै छाडेर आफुभित्रको स्व प्रस्तुत हुनुपर्दछ ।’ समस्यालाई आपसी सहमतिमा सुल्झ्याउनुपर्छ अन्यथा प्रदेश सभालाई केवल झैझगडाको थलोको अपजसको भारी बोक्नुपर्ने हुने उनले बताए । राजनी
तिको चश्मा फुकाली महत्वपूर्ण आम जनहितका मुद्दाहरूमा आपसी मेलमिलाप र समझदारीको सन्देश जनतामा पुर्याउनुपर्ने प्रदेश प्रमुख देबकोटाले बताए । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, समामुख भुवन कुमार पाठक, बिभीन्न दलका नेताहरु लगायतकाको आतिथ्यता रहेको थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले प्रदेश सरकारले प्रदेशको सबै जिल्लाका स्थानीय निकायलाई सुशासन कायम गर्ने गरी आवश्यक ऐन कानूनको तर्जुमा गरिएको बताए । उनले जनतालाई सेवा प्रवाहमा गुणात्मक पक्षलाई गतिशील तुल्याई जनताको आस्था र विस्वास अभिवृद्धि गर्न जनप्रतिनिधि नै चनाखो हुनुपर्ने बताए ।
प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले बागमती प्रदेशको विभिन्न जिल्लामा एतिहासिक सम्पदा र धरोहर रहेको उल्लेख गरे । प्रदेश सरकारले समयानुकुल ऐनकानूनको तर्जुमा गरी प्रदेशमा शान्तिसुरक्षा, मावन अधिकारको संरक्षण, प्रदेश प्रहरीको पदस्थापन र विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारलगायत आर्यआर्जनको कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने उनले बताए ।
प्रदेश सभाका प्रमुख प्रतिपक्ष दल एवम् नेकपा माओवादी केन्द्र बागमतीको संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले मुलुकमा राजनीतिक स्थायित्वको लागि नेकपा एमाले र नेपाली काँग्रेसको गठनबन्धनको प्रचार गरिएको उल्लेख गरे । उनले संघीय सरकार र प्रदेश सरकारले संविधानले दिएको अधिकार उपयोग गरी जनताको लागि प्रत्यक्ष योजना बजेट कार्यान्वयन गर्ने तर्फ उपेक्षा गरिएकोमा चिन्ता व्यक्त गरे ।
अवसरमा बागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले संविधानले दिएको अधिकारी प्रयोग गरी बागमती प्रदेश सभा गठन भएको उल्लेख गरे । जनप्रतिनिधिहरुले इमान्दारीपूर्वक प्रदेश सभामा विधेयक आउँदा ध्यानपूर्वक अध्ययन र अनुसन्धान गरी ऐन कानून तर्जुमा गरिएमा संघीयताको मर्म र भूमिका जनताले अझ बढी विश्वास गर्ने बताए ।
उक्त कार्यक्रममा प्रदेश सभाका उपसभामुख अप्परा चापागाईँ, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता उद्धब थापा, एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्यले प्रदेश सभाले समयनाकुल ऐन कानूनको तर्जुमा गरी प्रदेशका सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय गौरबको आयोजना, पूर्वाधार विकास र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने योजना बजेटलाई अझ प्रभावकारी ढंगबाट अगाडि बढाउनेतर्फ प्रदेश सरकारको भूमिका सशक्त हु्नुपर्ने बताए । प्रदेशमा सुशासन ल्याउने कार्यक्रमलाई जनताको घरदैलोमा पुर्याउन सरकारले दिर्घकालिन कार्यक्रम ल्याउनुपर्ने उनीहरुले उनीहरुको भनाई छ ।
सो अवसरमा बागमती प्रदेश सभाको बैठकमा नियमित उपस्थित हुने प्रदेश सभाका पाँच जना सदस्यलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा क्रमशः उद्धब थापा (राप्रपा संसदीय दलका नेता), गोविन्दप्रसाद लम्साल (कांग्रेस बागमतीका सचेतक), बालकुमारी विश्वकर्मा, मायाकुमारी कार्की र रामप्रसाद ढुंगाना रहेका छन् ।
यसैगरी, सो अवसरमा प्रदेश सभा सचिवालय कार्यालयमा कार्यरत सूचना अधिकारी हिमा न्यौपाने, सहायक कर्मचारी धिरज ढकाललगायत १० जनालाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो ।