मधेश केन्द्रीत दलहरुकाे कार्यदल गठन

काठमाडौं। मधेसकेन्द्रित आठ दलले सबै सम्मिलित कार्यदल गठन गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको सबै बैठकले सबै दलबाट १-१ जना हुने गरी कार्यदल बनाएका हो ।
कार्यदलमा जसपाका इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजि यादव र लोसपाबाट ब्रजेश सिंह छन ।
कार्यदलले साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगातयका कार्य गर्ने जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।