अखिल क्रान्तिकारीको महासचिवमा मकवानपुरका रोशन थापा विजयी

निरन्तर न्यूज
१६ माघ २०८१, बुधबार १६:२७

काठमाडौ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् ।

बीचमा स्थगित भएर मङ्गलबार साँझदेखि सुरु भएको मतगणनाको परिणामअनुसार महासचिव पदमा मकवानपुरका रोशन निर्वाचित भएका हुन् ।

गत शनिबार भएको चुनावको मतपरिणाम अनुसार उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै रोशन  ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् । थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् । महतो विजयप्रकाश सापकोटा पक्षधरका उम्मेदवार हुन् । उनीहरूको मतान्तर १८८ रहेको छ ।

९ उपमहासचिवमा बिजयी उम्मेदवार

यस्तै ९ जना उपमहासचिवमा कोशीका विपिन पोखरेलले ८३१ मत ल्याएर विजयी भएका छन् । मधेशबाट गजेन्द्र यादवले ४०७ मत ल्याएर विजयी भएका छन् । बागमतीबाट निर्मला गौतमले ८०३ मत ल्याएर विजयी भएकी छिन् । यसैगरी गण्डकीबाट भगवान बास्तोलाले ७६९, लुम्बिनीबाट रेशम अधिकारीले ६२८, कर्णालीबाट प्रकाश अधिकारीले ६०४, सुदूरपश्चिमबाट रामचन्द्र भट्टले ३९९ मत ल्याएर जितेका छन् । उपत्यका विशेषबाट निरोज श्रेष्ठ र विश्वविद्यालयबाट जटिल कार्कीले ६४८ मत ल्याएर विजयी भएका छन् ।

सचिवमा बिजयी उम्मेदवार

सचिवमा अमर मण्डल, युन्छोङहाङ मावो विजयी भएका थिए  त्यसैगरी प्रेम जैशी ५११, वीरेन्द्र जिसी ३९२, शिशिर बस्याल ३७२ र सम्झना राई ५४५ मत ल्याएर विजयी भएका छन् । यसैगरी छात्रातर्फ तिर्सना आलेमगर ४९८, समकृति पुन ५२९ मत ल्याएर विजयी भएका छन् ।  यस्तै जनजातितर्फ अर्टिष्ट मोक्तान ४१५ मत ल्याएर विजयी भएका छन् । दलिततर्फ आशा उपरकोटीले ७४६ मत ल्याएर बाजी मारेका छिन् ।

यसैगरी कोषाध्यक्षमा फुलमाया राना खुशी विजयी भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु