६ इजरायली बन्धकहरूलाई रिहा गर्दै हमास

काठमाडौं । प्यालेस्टिनी सशस्त्र संगठन हमासले उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने सट्टामा ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ ।
रिहा गरिने बन्धकमध्ये एक नागरिक अर्बेल येहुद पनि रहेको बीबीसीको समाचारमा उल्लेख छ । आफ्ना सबै नागरिक रिहाइ नभएका कारण इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन ।
हमासले शनिबार चारजना बन्धकलाई रिहा गरेको थियो, तर त्यतिबेला येहुदलाई रिहा गरिएको थिएन ।
यसले गर्दा इजरायलले हमासमाथि युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको थियो । किनकि सम्झौताअनुसार पहिले इजरायली नागरिकलाई रिहा गर्नु पर्ने थियो ।
गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि हमासले सात बन्धकलाई रिहा गरेको छ । त्यसको सट्टामा इजरायलले २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।