बामदेवसँग एकताको कुनै अर्थ छैन, को छ र एकता गर्ने ? : पृथ्वी सुब्बा गुरुङ

बुटवल । नेकपा एमालेका उपमहासचिव तथा सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले बामदेव गौतमसँग पार्टी एकता गर्नुपर्ने कुनै आवश्यकता नभएको बताएका छन् ।
बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बामदेव गौतमसँग कुनै समूह नभएकाले एकताको कुनै आवश्यकता नभएको बताएका हुन् ।
‘बामदेव गौतमले जसरी पनि एमालेमा समाहित हुने चाहना व्यक्त गरेकाले पार्टी अध्यक्ष केपी शर्मा ओली आफैले कुरा गर्नुभएको हो, त्यो विषय पार्टी पदाधिकारीमा पनि छलफल भयो, हामीले एकताको कुनै जरुरी छैन भनेका हौं’, उनले भने ।
बामदेवसँग कोही पनि नभएकोले त्यो एकता नहुने उनले टिप्पणी गरे । एकता के हो र के होइन भन्ने पनि बुझ्नु पर्ने उनले तर्क गरे ।
‘उहाँसँग को छ र एकताका लागि ? एकताको त केही अर्थ हुन्छ होला नि ! एमालेमा समाहित हुने भए हामी खुला छौ भनेका हौं, अध्यक्षले पनि त्यही कुरा गर्नुभएको हो ।’ गुरुङले भने । एमालेमा वामदेवलाई पार्टीमा ल्याउन नहुने मत पनि बलियो रहेको छ र यही मेशोमा गुरुङको प्रतिक्रिया आएको छ ।