राजु सिंकाे नेतृत्वमा भक्तपुर सुटिङ संघ गठन

निरन्तर न्यूज
१० माघ २०८१, बिहीबार २१:०७

भक्तपुर । भक्तपुर सुटिङ संघ गटन भएकाे छ ।

आज भक्तपुरमा भएकाे साधारण भेलाले राजु सिँ बजिकाेकाे अध्यक्षतामा बागमती प्रदेशकाे तेश्राे शाखाकाे रुपमा भक्तपुर सुटिङ संघ गठन गरेकाे हाे ।

नवगठित संघकाे उपाध्यक्षमा रामशरण बैजु, सचिवमा राेहित मानन्धर, सहसचिवमा रचना लाखेमरु र काेषाध्यक्षमा चन्द्र प्रसाद सुवाल रहेका छन् । यसैगरि संघकाे सदस्यहरुमा सचि बनेपाली, आशिष बैद्य, रामकृष्ण लवजु, अनिल काेजु, दिपा अधिकारी, गाेपीलाल श्रेष्ठ, सराेज केसी, कपिलदेव नेपाललगायत रहेका छन् ।

जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष राजु थापाकाे सभाध्यक्षता एवम् बागमती प्रदेश सुटिङ संघका अध्यक्ष राजु दर्शनकाे उपस्थितमा भएकाे भेलाले संघकाे गठन भएकाे हाे ।

खेल विकासका लागि सुटिङ संघकाे आवश्यकता महशुस गरि जिल्ला संघ गठन गरिएकाे र यसलाई प्रदेशभर वि्स्तार गरिने बागमती प्रदेश अध्यक्ष दर्शनले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष बजिकाेले भक्तपुरमा रहेकाे सैनिक आवासीय महाविद्यालयसँग समन्वय गरेर छिट्टै कार्यक्रम गरिने बताए ।

कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष राजु थापा सुटिङ संघ बागमती प्रदेश कमिटिका सचिव उपेन्द्र थापा सदस्य सुदन खड्कालगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

 

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु